पत्रकार महासंघ कालीकोटको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । ‘निष्पक्ष पेसा स्वतन्त्र पत्रकार, प्रेस स्वतन्त्रता हाम्रो अधिकार ’ भन्ने मूलनाराका साथ नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको १५ औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका पूर्व अध्यक्ष तुलाराम पाण्डेको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले विकट कालीकोटमा पछिल्लो समय सञ्चारमाध्यमले निकै फट्को मारेको बताउनुभएको छ । साधारणसभामा बोल्दै उहाँले ऐनमा जसरी स्पष्ट देखिन्छ, त्यसरी नै पत्रकारहरुले बिषयका उठान गर्न आग्रह गर्नुभयो । समाज परिवर्तनका सम्वाहक पत्रकार भएकाले जिम्मेवारी अनुसार कलम चनाउनु पर्नेमा जोड दिन आग्रह गर्नुभयो ।

‘उहाँले भन्नुभयो, ‘पत्रकारहरुले उठाउने सही बिषयमा प्रशासनले जहिले पनि साथ र सहयोग गर्छ । हामी यसमा पत्रकारहरुलाई हातमा हात दिएर सहयोग गर्छौ तर विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले सही विषय उठाउन गर्नु पर्छ प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।
वार्षिक साधारणसभा सफलताको शुभकामना दिदैँ नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटका पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेले अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रीत पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन आग्रह गर्नुभयो ।

देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको बताउँदै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेता पाण्डेले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनु भयाे ।

ADVERTISEMENT

साधारणसभामा शुभकामना दिने अधिकांश वक्ताले पत्रकार महासंघ जिल्ला शाखा कालीकोट भौतिक रुपमा मजबुत भएकाले अब पत्रकारीतालाई गुणात्मक बनाउनुपर्ने बताए । साधारणसभाको बन्दसत्रमा सम्पूर्ण पत्रकारहरुको हक हितका लागि निर्णय गर्नुपर्ने बताउँदै साधारणसभा सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।

सभामा नेपाली कांग्रेसका नेता भानुभक्त शर्मा (आचार्य), प्रेस चौतारीका केन्द्रीय सदस्य पवित्र कुमार शाही, कालीबहादुर मल्ल, प्रेस युनियनका केन्द्रीय सदस्य बिस्नुप्रसाद न्यौपाने, प्रेस चौतारीका कर्णाली प्रदेश समितिका महासचिव प्रेमराज सिम्खडा, उद्योग वाणिज्य सघं कालीकोटका अध्यक्ष रतनबहादुर शाही लगायत विभिन्न पत्रकारका पेसागत संगठनका जिल्ला अध्यक्षहरूले सफलताको शुभकामना दिनुभएको थियो ।

सभाले बुहारी पत्रकारिता पुरस्कारकाे घोषणा समेत गरेको छ । सामुदायिक रेडियोमा कार्यरत एकजना महिला पत्रकारलाई पाँच हजार पुरस्कार राशिको ब्यवस्था गरिएको र विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने महासंघका अध्यक्ष भरतराज बिष्टले जानकारी दिनुभयाे ।

साधारणसभामा जिल्ला स्थित विभिन्न छापा अनलाइन, रेडियो, टेलिभिजनमा कार्यरत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?