स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएन : उपाध्यक्ष मलहोत्रा

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताउनुभएको छ ।

बिहीवार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले मुलुकमा स्थिर सरकार नहुँदा निजी क्षेत्रले विदेशी लगानी ल्याउन नसकेको बताउनु भयो । उहाँले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताउनु भयो ।

मलहोत्राले अन्तर्राष्ट्रिय देशहरुमा विदेशी लगानी ल्याउन सहज भएपनि सानो विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्ने बताउनु भयो । उहाँले अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुण सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने बताउनु भयो ।

उहाँले देशले नीतिहरु ठूलो ल्याउने तर काम सानो गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालमा उद्योगधन्दाहरु खोल्ने ठूलो सम्भवना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज