यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरणअनुसार बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ ।

अदुवा र नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १६५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६ रुपैया ६७ पैसा, रातो आलु ४६ रुपैयाँ ५० पैसा, स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

ADVERTISEMENT

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा २९ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२८ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रुपैयाँ ४० पैसा र हरियो धनियाँ ६० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज