निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामको प्रतिवेदन बिहीबार (आज) राष्ट्रपतिसमक्ष बुझाउने भएको छ ।

आयोगले सम्पूर्ण निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

सोहीबमोजिम आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रस्तुत गरिने प्रमुख निर्वाचन आयुक्त दिने थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

ADVERTISEMENT

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई पुस ३ गते आइतबार निर्वाचित प्रमाणपत्र दिइने पनि बताउनुभयो ।

निर्वाचन परिणामबमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश सभातर्फ ३५० जना पुरुष निर्वाचित भएका छन्। आयोगको अन्तिम परिणामबमोजिम प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?