समता शैक्षिक गुठीलाई प्रभु लाइफको सहयोग

Read Time = 1 min

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिकोत्सवका अवसरमा समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय जोरपाटीमा एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक सञ्जेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

गैरनाफामूलक गैरसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्लामा कुल ८४ विद्यालय सञ्चालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाले न्यूनतम मासिक शुल्कमैै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज