दक्षिण कोरियामा नवविवाहित दम्पतीको संख्या घटदै

Read Time = 3 mins

सोल । दक्षिण कोरियामा पछिल्लो समय ढिला बिहे गर्ने चलन बढेसँगै नवविवाहित दम्पतीको संख्या कम भएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ । कोरियाली तथ्यांक कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको संख्या ११ लाख एक हजार छ । नवविवाहितको यो संख्या अघिल्लो वर्षको तुलनामा सात प्रतिशत अर्थात् ८२ हजारले कम हो ।

सन् २०१५ देखि यस सम्बन्धमा तथ्यांक संकलन गर्न थालिएपछि यो संख्या सबैभन्दा कम हो । धेरैजसो युवाले आवासको बढ्दो मूल्य र उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण विवाह गर्न छाडेको वा ढिला गरेको बताइएको छ ।

पाँच वर्षको अवधिमा पहिलोपटक विवाह बन्धनमा बाँधिएका दम्पतीको संख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कूल विवाहको ७९.१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको संख्या दुई लाख २७ हजार अर्थात् २०.६ प्रतिशत रहेको थियो । पहिलोपटक विवाह गरेका दम्पतीमध्ये ४५.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन् । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो ।

ADVERTISEMENT

सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत संख्या अघिल्लो वर्षको ०.६८ बाट घटेर ०.६६ मा झरेको छ । नवविवाहित जोडीमध्ये ५०.४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९.५ प्रतिशतले बच्चा जन्माएका छन् ।

घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको संख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०.१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन् । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज