लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीबाट कार्य प्रारम्भ, राजधानी क्षेत्रमा खुशीयाली

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर १९ मा बुटवल बाट राप्ती उपत्यकामा ल्याउनु भएको थियो । २०७७ असोज २० मा प्रदेश सभाबाट राजधानी र नाम टुंगो लागेको थियो ।

ADVERTISEMENT

राजधानी कार्यान्वयन भएकोमा राजधानी क्षेत्रमा खुशीयाली छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?