रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनभएका रविको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग राखेर युवराज सफलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको, सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएकाले उहाँको सांसद पद र पार्टी सभापति खारेज गर्न दायर रिटमा माग गरिएको छ ।

ADVERTISEMENT

रविको उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगले समेत संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।

रिट संवैधानिक इजलासमा दायर गरिएको छ । रिट निवेदक युवराज सफलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत विपक्षी बनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *