अनलाइन जुवा तथा बाजीमा संलग्न भए कारबाही

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजीलगायतका गैरकानुनी कार्यमा संलग्न नहुन सचेत गराएको छ । केन्द्रीय बैंकले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी (वेटिङ एण्ड ग्याम्बलिङ) लगायतका गैरकानुनी कार्यमा संलग्न नहुन सचेत गराउँदै त्यस्तो कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

जुवा तथा बाजीजन्य कार्य गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले त्यस्तो प्रकृतिको कारोबार कोही कसैबाट पनि नगर्न/नगराउन भनेको छ । विद्युतीय भुक्तानी कारोबारमार्फत् जुवा तथा बाजीलगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समूह/ संस्थालाई कानुनी कारबाही हुने तथा निजहरूको बैंक खाता, मोबाइल वालेटलगायतबाट हुने कारोबार रोक्का गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजत/अनुमतिपत्र प्राप्त संस्थाले जुवा तथा बाजीलगायतका कार्यको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेटलगायतबाट हुन नदिने व्यवस्था मिलाउनसमेत केन्द्रीय बैंकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

‘बैंकले अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका केही पक्षमा सुधार आए पनि पुराना ऋणीले ऋणको किस्ता वा ब्याज तिर्न ऋण नपाएको विषयको मात्रै बढी चर्चा भइरहेकोे भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल बैंकर्स संघ (एनबिए) को ३६औँ वार्षिक साधारणसभामा उहाँले अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै चुनौती र समस्या नेपालको मात्र नभई संसारभरि नै रहेको बताउनुभयो ।

ADVERTISEMENT

गभर्नर अधिकारीले भन्नुभयो, ‘अहिले ऋणीले थप ऋण नपाइराखेको भन्ने कुरामात्र बाहिर आएकोे छ, ऋणमाथि ऋण दिने जुन कल्चर हामीले बनायौँ, त्यसले अर्थतन्त्रका लागि हित गरेन, ऋणीको बिजनेस पनि विस्तार हुन नपर्ने तर ऋणचाहिँ थपिने भन्ने अभ्यास अन्त्य हुनुपर्र्छ । ऋणीले कर्जा नतिर्ने अनि बाहिरबाट रेमिट्यान्स आयो भने निक्षेप वा तरलता बढ्ने भन्ने कुरा होइन, यो बेला बैंकहरूले रिकभरीमा आधारित कर्जा लगानी गर्ने सोच्नुपर्छ । यो वर्ष बैंकहरूले जति रिकभर गर्न सकिन्छ त्यति कर्जा लगानी गर्ने योजना बनाएको खण्डमा धेरै नै सुधार हुने देखिन्छ ।’

दुई वर्षअघिसम्म बैंकहरूको कर्जा निक्षेप अनुपातदेखि अनेक कुराहरूको दबाब भए पनि अहिले त्यस्तो नरहेको पनि उहाँले दाबी गर्नुभयो । अहिले बैंकहरूले दैनिक तरलता व्यवस्थापनका लागि लिएको आउट स्ट्याण्डिङ स्थायी तरलता सुविधा पाँच अर्ब रुपैयाँमात्र रहेको र बैंकिङ प्रणालीमा सुधार आएको जिकिर पनि उहाँले गर्नुभयो । समग्र अर्थतन्त्रलाई सन्तुलनमा राखेर व्यवस्थित दिशातर्फ बढाउन राष्ट्र बैंकले काम गर्दै आएको भन्दै उहाँले उक्त कार्यमा बैंकर्स संघको विशेष हात हुने बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘केही विकृति बढेका छन् भने पनि बैंकहरूकै हात छ । केही सुधार भएको छ भने पनि बैंकहरूकै हात छ । यहाँहरूले मम भन्नुपर्ने हुन्छ ।’

सो अवसरमा बैंकर्स संघले पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गर्नुका साथै संघको कार्यकारी समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई चयन गरेको थियो । साधारणसभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेलाई पनि पुनः अर्को एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै, बैंकर्स संघका अन्य सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, सनराइज बैंकका सुनम शर्मा र एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने तथा सल्लाहकारमा पूर्वअध्यक्ष अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?