गोर्खा र भाष्कर आयुर्वेदिक औषधि गुणस्तरहीन

Read Time = 1 min

काठमाडौं । गोर्खा आयुर्वेद कम्पनी र भाष्कर हार्वस्युटिक्लस कम्पनीद्वारा उत्पादित औषधिहरू प्रयोग नगर्न औषधि व्यवस्था विभागले सचेत गराएको छ । विभागले गोर्खा आयुर्वेद कम्पनी र भाष्कर हार्वस्युटिक्लसका उत्पादन प्रयोग नगर्न र बजारमा बिक्रीवितरण नगर्न निर्देशनसमेत दिएको छ । बजार अनुगमनका क्रम ती कम्पनीका औषधिको गुणस्तर न्यून रहेकाले फिर्ता गर्न निर्देशन दिएको हो ।

ADVERTISEMENT

गोर्खा आयुर्वेदको एक सय एमजी २४ नम्बर ब्याचको अबिपत्तिकर चूर्ण र भाष्कर हार्वस्युटिक्लसका एक सय एमजी एनआरपिए ९००१ ब्याच नम्बर भएको निर्मल औषधिमा कैफियत भेटिएको विभागले जनाएको छ । अनुगमनका क्रममा संकलिन तीन आयुर्वेदिक औषधिको नमुना परीक्षणमा भारतको आयुर्वेदिक फार्माकोपिया २०१६ को माइक्रोबियल सीमा पालना नगरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?