काठमाडौं । सेयर बजार मंगलबार ओरालो लागेको छ।
सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागे संगै १२ कम्पनी स्थिर रहेको छ ।
यस्तै, कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
सोमबार पनि सेयरबजार घटेको थियो । सोही दिन सेयर बजार ३१।९७ अंकले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा मंगलबार पनि नविल बैंक शीर्ष स्थानमा छ। यसको आज ७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तिय संस्थाको कारोबार भएको छ।
यता, सिवाइसियलको सेयर मूल्य १० प्रतिशत र सञ्जेन जलविद्युत कम्पनीको ७.७३ प्रतिशतले बढेको छ। कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसूचकबाहेक सबै उपसुचकमा ओरालोे लागेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts