थप फरक माग विनानै लोसपा सरकारमा जान तयार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताउनु भयो ।

उहाँले भन्नुभयो 'पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।' नेता  झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

ADVERTISEMENT

उहाँले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *