बाजुरा । बाजुरामा एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका— १ मुक्तिकोटकी १८ बर्षीया पवित्रा कडाँरालाई मङ्गलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
कडाँरालाई सुत्केरी बेथा लागेपछि मङसिर २५ गते सामुदायिक स्वास्थ्य इकाई केन्द्र फयालगाउँ लगिएको थियो । स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूती गराउन नसकिएपछि पबित्राको राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरी सुर्खेत पठाइएकोे बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीका अनुसार तत्काल सुबिधा सम्पन्न अस्पताल नपु¥याएपछि ज्यानै जान सक्ने अबस्था आउने भएपछि आज नेपाली सेनाको हेलिकोप्टर मार्फत पबित्रालाई सुर्खेत पठाइएको हो । बाजुरामा विगतका बर्ष देखि यता धेरैको संख्यामा सुत्केरी महिलाहरुले ज्यान गुमाउँदेै आएका छन् ।
एक दिन अगाडि रिफर गरिसके पछी पनि विरामीकाे आफन्त ले कतै खबर गरेनन याे कुरा समयमै सम्बनधित निकायमा जानकारी नगर्नेकाे कमजाेरी हाे ।