चीनमा बढ्दै कोभिड संक्रमण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् ।

‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिंगमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।

ADVERTISEMENT

देशले भाइरससँगै बाँच्नको लागि शून्य-कोविड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अबलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?