यस्तो छ आजकाे तरकारी र फलफूलको मुल्य

Read Time = 2 mins

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ । यता अदुवा ५६ रुपैया २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु ३९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २९ रुपैयाँ, कागती १०६ रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ कायम रहेको छ ।

ADVERTISEMENT

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा,  घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैया, लोकल परवर ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४७ रुपैयाँ २० पैसा र हरियो धनिया १२३ रुपैयाँ ३३ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज