यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा कायम रहेको छ ।

युरोको मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ।

ADVERTISEMENT

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा छ । कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा  छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ ।

यता, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम रहेको  राष्ट्र बैंकले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज