काठमाडौं । यस वर्षको ११ः११ को सफलतापछि अनलाइन बजार दराजले वर्षको अन्तिम अभियान दराज १२ः१२ घोषणा गरेको छ । मंसिर २६ देखि सुरु हुने ग्राण्ड इयर एण्ड सेलमा देशभरका ग्राहकलाई आफ्ना मनपर्ने उत्पादनमा थुप्रै छुट र अफर प्राप्त गर्ने अर्को अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।
अभियानका मुख्य विशेषतामा ७० प्रतिशतसम्मको मेगा डिल, सात हजारसम्मको मेगा भाउचर, १२ सय १२ रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, २.७ लाखको ग्राण्ड एमआई हृयाम्पर गिभवे समावेश छन् ।
बैंक र प्रिपेमेन्ट छुटतर्फ ग्राण्ड इयर एण्ड सेलको समयमा किनमेल गर्ने ग्राहकले क्रेडिट कार्डमार्फत् १२ प्रतिशत अर्थात् अधिकतम १२ सय १२ र डेबिट कार्डमार्फत् १० प्रतिशत अर्थात् अधिकतम एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकले छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी ग्राहकले आफ्नो आइएमई वालेटमार्फत् भुक्तानी गरेमा १२ प्रतिशत अर्थात् अधिकतम तीन सय ३३ रुपैयाँको थप छुट पाउनेछन् ।
दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२ः१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ, जहाँ ग्राहकले एक रुपैयाँमै हजारौं मूल्यका उत्कृष्ट उत्पादन जित्ने मौका पाउनुका साथै स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए १ र बोन हलिडेज तीन दिनको पोखरा टुर अफर रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts