रुसी नोबेल विजेतालाई पुरस्कार अस्वीकार गर्न क्रेमलिनको दबाब

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन् ।

आफूलाई पुरस्कार स्वीकार नगर्न भनिएको मेमोरियलका प्रमुख यान रचिन्स्कीले बताएका हुन् । दुई अन्य सह विजेताहरू युक्रेनी मानवअधिकार संगठन र जेलमा रहेका बेलारूसी अधिकार रक्षक पुरस्कार लिनका लागि ‘अनुपयुक्त’ भएको भन्दै रचिन्स्कीलाई पुरस्कार नलिन क्रेमलिन अधिकारीहरुले दबाब दिएका हुन् ।

ADVERTISEMENT

मेमोरियल रूसको सबैभन्दा पुरानो नागरिक अधिकार समूहहरू मध्ये एक हो, जसलाई गत वर्ष सरकारले बन्द गरेको थियो ।

बिबीसीसँगको एक अन्तर्वातामा राचिन्स्कीले उनको संगठनलाई पुरस्कार अस्वीकार गर्न सल्लाह दिइएको स्वीकार गरेका छन् । ‘तर, स्वाभाविक रूपमा हामीले यो सल्लाहलाई ध्यान दिएनौ ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?