रुसले इरानलाई अत्याधुनिक सैन्य सहायता सहयोग गरेको अमेरिकाको आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरू प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हो । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ।

ADVERTISEMENT

ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य र प्राविधिक सहयोग प्रस्ताव गरेको आरोप लगाएका हुन्।

उक्त सहयोगले दुई देशबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीहरुको आरोप छ । वासिङटनले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज