बिओकेको १५ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके)को २८औँ वार्षिक साधारणसभा शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरण पनि स्वीकृत गर्नुका साथै २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असारसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

ADVERTISEMENT

विशेष प्रस्तावअन्तर्गत ग्लोबल आइएमई बैंक र बिओके एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णय पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज