नाडाको आन्दोलनप्रति ऐक्यबद्धता

Read Time = 3 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघले समेत सक्रिय सहभागिता जनाएर समर्थन गरेको छ । विरोध कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठिया, महासचिव अनिलकुमार अग्रवाल, सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभातकुमार सर्राफलगायतको सहभागिता थियोे ।

सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी भएका नीतिका सन्दर्भमा सम्बन्धित निकायमा विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक भेटघाट गर्दै समस्याको समाधानका लागि अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको भन्दै नाडाले आन्दोलन सुरु गरेको हो । सोही क्रममा बिहीबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । धर्ना कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापाले सरकारको अमैत्रीपूर्ण नीतिका कारण व्यवसायीले भोग्नुपरिरहेको पीडा र समस्याबारे चर्चा गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल हेवी इक्युपमेण्ट्स व्यवसायी संघ, नेपाल अटोमेकानिक्स व्यवसायी संघले पनि धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको नाडाले जनाएको छ ।

ADVERTISEMENT

करिब एक हजारकोे संख्यामा उपस्थित व्यवसायीले धर्ना कार्यक्रममा कालो कपडा र कालो पट्टी लगाएर विभिन्न नारा लेखिएका पम्प्लेट बोकी विरोध जनाएका थिए । सोही दिन नाडाका सातवटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम आयोजना गरिएको नाडाले जनाएको छ ।
नाडाका अनुसार धर्नाका नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सुनिल रिजाल, महासचिव सुरेन्द्र उप्रेती, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, निराकार श्रेष्ठ, आकाश गोल्छा, प्रकाश कपुरी, अनुपकुमार बराल, अभिक ज्योति, कपिल शिवाकोटी, निलमणि पाठक, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, दिपक अग्रवाल र शोहन श्रेष्ठलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज