बार्गेनिङदेखि बार्गेनिङ सम्मको राजनीति

रोक्ने उपाय : नेपाली कांग्रेस र एमालेको सहकार्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । हङ पार्लियामेन्टका कारण संसद् चल्न सक्ने/नसक्ने आशंका उठिरहेको समयमा सरकारमा सहभागिताको प्रश्नमा प्रतिदिन बार्गेनिङ चलिरहेको छ । सत्ताको मूल घटक नेपाली कांग्रेसमा संसदीय दलका लागि बार्गेनिङ, जोड घटाउको खेल चलिरहेको समयमा सरकारको नेतृत्व कुन दलले, कसरी र के केमा भाग लिने भन्ने प्रस्तावहरूले महत्व पाएका छन् । राजनीतिक वृत्तमा चलेको चर्चाअनुसार सत्ता गठबन्धनको दोस्रो शक्ति नेकपा माओवादी केन्द्र पहिलो चरणमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने हो भने आफ्नो पार्टीले राष्ट्रपति र सभामुख पाउनुपर्ने बहस गरिरहेको छ । यो सर्त स्वीकार नगर्ने हो भने पहिलो चरणमा सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने उसको अडान छ । सम्पन्न निर्वाचनमा राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एकीकृत समाजवादीले समेत माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरिरहेको छ ।

लोकतान्त्रिक समाजवादी र जनमोर्चा नेपालको कुनै दाबी प्रस्तावित नभए पनि लोसपाका अध्यक्ष महन्त ठाकुरको अन्तरइच्छा राष्ट्रपति पदमा देखिन्छ । तर, अहिले बार्गेनिङको तुरूप माओवादी, नेकपा समाजवादी र नेपाली कांग्रेसका बीचमा चलिरहेको छ ।
एक उच्च सूत्रका अनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट कुनै पनि सर्तका झोलाको मुख खोल्नुभएको छैन । उहाँ उचित विकल्पमाथि विचार गरिरहनु भएको छ । राष्ट्रपति पद र सभामुख पद दिएर आवधिक प्रधानमन्त्रीको सर्त स्वीकार गर्ने पक्षमा उहाँ हुनुहुन्न ।

अर्कोतर्फ ०५१, ०६४ देखि ०७० र ०७४ पछिको चरम बार्गेनिङ र सत्ताको क्रय-बिक्रयको खेल हुनु हुँदैन भन्ने आम धारणाका आधारमा नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपाली कांग्रेसलाई निःसर्त समर्थन गर्ने अथवा आफ्नो पार्टीलाई निःसर्त समर्थन गर्न अनौपचारिक आग्रह गरेको छ । बालुवाटार तथा बालकोट सूत्रका अनुसार बिचौलियाका रूपमा सत्ताको खेती बन्द गराउने हो भने दुई प्रमुख दलहरू मिलेर आगामी पाँच वर्ष संसद् र सरकार चलाउनुपर्ने अवस्थामा गरिएको यस्तो आग्रह अनुचित छैन ।

ADVERTISEMENT

कांग्रेस र एमाले दुवैले पाँच वर्षे कार्यकाललाई आवधिक रूपमा मिलाएर सरकारको नेतृत्व गर्ने र पार्टीबाट दुवै पक्षले सहभागिता गर्ने विषयमा पनि विमर्श चलिरहेको छ । बाहिरै बसेर सरकारको समर्थन गर्न सकिने एमालेको अनौपचारिक प्रस्ताव पनि कांग्रेसमा पुगिरहेको छ ।
माओवादी उच्च स्रोतका भनाइमा निर्वाचनका समयमा भएको गठबन्धन कुनै पनि अवस्थामा टुट्ने छैन र सन्तुलित सहमतिमा सरकारको नेतृत्व तय हुनेछ ।

अर्कातिर संसद्मा पुगेका कम्युनिष्ट पार्टीका सबै घटकहरू मिलाएर सरकार बनाउने प्रयास पनि भइरहेको छ । एकैछिनमा झगडा गर्दै, टुटफुटको निर्णय लिन सिपालु कम्युनिष्ट पार्टीको नेतृत्वले आत्मालोचनाको अचूक औषधि उपयोग गरी एकता गर्ने र त्यसकै आधारमा सरकारको नेतृत्व गर्नसक्ने सम्भावना उत्तिकै छ । यो सम्भावनालाई पनि प्रधानमन्त्री देउवाका सहयोगीहरू अत्यन्त सूक्ष्मतापूर्वक विश्लेषण गरिरहेको स्रोतले हिमालय टाइम्सलाई जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *