काठमाडौंको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छः पर्यटनमन्त्री श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताउनुभएको हो । उहाँले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताउनु भयो ।

उहाँले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका प्रकृति र मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरुलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो-‘हामीले हाम्रो देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना अगाडी सार्दा उपत्यकाको पर्यटन क्षेत्रको विकास, यहाँको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका छौँ । त्यो नीतिलाई अगाडी सारेका छौँ । हाम्रो देशको पर्यटन क्षेत्र सिजनल खालको पर्यटन होइन, नेपाल बाह्रै महिना पर्यटकको गन्तव्य स्थल हो भन्ने कुरालाई अगाडी सारेका छौँ । उपत्यका जहाँको प्रकृति, हावापानी र मौसमहरुका हिसाबले मान्छेहरु घुमफिर गर्न सक्ने वातावरण छ । संस्कृति र सम्पदालाई चिनाउन सकिएमा पर्यटकलाई आकर्षक गर्न सक्ने अवस्था छ ।’

उहाँले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताउनु भयो । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरुको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सभ्यता र संस्कृतिहरुको संरक्षण गर्न सकेमा मात्र देशको पहिचानलाई कामय राख्न सकिने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो-‘ज्यापु दिवस मनाउँदै गर्दाखेरी हामीले यो उपत्यकाको संस्कृतिको जगेर्ना गर्ने कुराहरु, यहाँका सम्पदाको संरक्षण गर्ने कुराहरु र हाम्रो इतिहासलाई उजागर गर्ने कुराहरु र हाम्रो सभ्यतालाई चिनाउने कुराहरु यो सँगसँगै भइरहेको छ । हामीले हाम्रो सभ्यतालाई चिनाउन सक्यौँ भने मात्र हामीले हाम्रो इतिहासलाई उजागर गर्नसक्यौँ भने र हामीले हाम्रा सभ्यता र संस्कृतिहरुलाई संरक्षण गर्नसक्यौँ भने मात्र हाम्रो पहिचानलाई कामय गर्नसक्छौँ । हाम्रो राष्ट्रलाई चिनाउन सक्छौँ । हाम्रो मौलिकतालाई संरक्षण गर्नसक्छौँ । त्यसकारण यसको छुट्टै महत्व छ । सरकारले संस्कृतिको विकासको लागि, सम्पदाहरुको संरक्षणको लागि जुन कामहरु अगाडी बढाइरहेको छ, यसलाई जनस्तरबाट पनि हामीले सँगसँगै लैजानसक्यौँ भने हाम्रो देशको संस्कृतिलाई अझ संरक्षण गर्नसक्छौँ । सम्पदाहरुलाई जगेर्ना गर्न सक्छौँ र मौलिकतालाई कायम राख्न सक्छौँ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरुमा आकर्षण गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक चाडपर्वको वैज्ञानिक महत्व रहेको उल्लेख गर्दै सो महत्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरुले चाडपर्व तथा कला, संस्कृतिहरुको संरक्षण गर्दै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो-‘नयाँ पुस्तालाई कला, संस्कृति, जात्रा पर्वमा आकर्षण गर्ने हो भने हिजो, अस्ति हाम्रा बाजे आमाबुबाले भनेको भरमा मात्र नयाँ पुस्ताले कुनैपनि रहनसहनलाई अंगालिरहेको हुँदैन । त्यो करकापले मात्र अगाडी बढाइरहेको हुन्छ । यद्यपी हामीले मनाउने हरेक चाडपर्वमा वैज्ञानिक महत्व छन् । र त्यो वैज्ञानिक महत्व हामीले नयाँ पुस्तालाई हस्तान्तरण गर्‍यौँ भने सहर्ष, खुशीका साथ त्यो पर्व मनाइन्छ र त्यसको महत्व सदैव जगेर्ना हुन्छ । किन मनाउँदै छौँ ? भन्ने त्यसको महत्वको पार्टलाई, नयाँ पुस्तालाई हामीले जानकारी दिन सक्यौँ भने हरेक पर्वहरुलाई हामीले कालान्तरसम्म अगाडी बढाउन सकिन्छ । जुन कुरालाई महानगरपालिकाले विशेष महत्वको साथमा हेरेको छ ।’

उहाँले काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न पर्वहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण र संवर्द्धनका लागि महत्व दिइरहेको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज