हलेसी कात्तिकेमा फस्टाउदै कपास खेती

चिसाङ शेर्पा खोटाङ, संवाददाता

कात्तिकेमा कपास टिप्दै स्थानीय महिलाहरु, साथमा मेयर बिमला राई । तस्विर सौजन्यः राजकुमार भट्टराई

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान स्थित कात्तिकेमा मनग्गे रुपमा कपास खेती फस्टाउँदै गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको अनुदानमा दुईवर्ष अघिबाट सुरु भएको कपास खेती अहिले रहर लाग्दो रुपमा फस्टाउँदै गएको हो ।

महादेवस्थान स्थित साविकको ६ र ९ नम्बर वडामा करीब ६० घर परिवारले ८० रोपनी जग्गामा कपास खेती गरिएको छ । त्यहाँको कपास खेतीलाई निरन्तरता दिनकै लागि चालु आर्थिक वर्षमा पनि नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको छ । कपास उत्पादन गरेर स्थानीयले सिरानी, डस्ना, सिरक, लाखबत्तीलगाएत सामग्री बनाउने गरेका छन् ।

पुर्खाको पालामा यस क्षेत्रका धेरै स्थानमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको स्थानियकाे भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण/प्रवर्द्धन गर्नु नगरपालिकाको दायित्व भएकाले बजेट बिनियोजन गरेरै कपास खेतीलाई निरन्तरता दिईएको मेयर बिमला राईले बताउनुभयो ।

ADVERTISEMENT

‘म नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा विभिन्न समुहमार्फत थोरै जग्गामा कपास खेती सुरु गरेका थियौ । अहिले करीब ८० रोपनी जग्गामा कपास खेती भइरहेको छ ।’ मेयर राईले भन्नुभयो, पछिल्लो समय रोजगारी गर्न धेरै मानिसहरु बिदेश जान्छन्, तर हाम्रो पुर्खौली पेसाबाट पनि हामीले जिविकोपार्जन गर्न सक्छौँ भन्ने सोचले पुर्खौली पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउन कपास खेतीलाई प्राथमिकता दिएका हौ ।

सुरुमा कपास खेतीगर्न नजान्दा रोग लागेर समस्या भएपनि अहिले सहज भएको कपास खेती गरिरहनु भएका गंगा राईले बताउनुभयो । कपास उत्पादन गरेर सिरानी, डस्ना, सिरक लगायतका समग्री बनाइरहेको जुना राईले बताउनुभयो । बिस्तारै खाँडीको कपडा बुन्ने योजना रहेको उहाँहरुको भनाइ छ । नगरपालिकाले पनि खाँडीको कपडा बुन्ने तालिम आयोजना गर्ने योजना बनाएको मेयर राईले जानकारी दिनुभयो ।

उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनेर दौरा सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री गर्दै आएको स्थानीय जुनासरी राईले बताउनुभयो । त्रि-धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारी करणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउनुहुन्छ । स्थानीयले जति कपास उत्पादन गरेपनि मन्दिरमा पुजाआजाका सामाग्री निर्माणमा खपतहुने गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?