राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले वार्षिक प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभयो । प्रतिवेदनको अवधिमा आयोगमा मानव अधिकारको उल्लंघनबारे १०१ उजुरी दर्ता भएको छ । पुराना र नयाँ गरी ५०२ उजुरीमाथि अनुसन्धान र मानव अधिकारका विषयमा २२१ पटक अनुगमन भएको छ ।

ADVERTISEMENT

आयोगको सिफारिसको कार्यान्वयन अवस्था हाल १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथि निर्णय भएको र जसमा ६ वटा नीतिगत सिफारिस छन् ।

प्रतिवेदनमा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसलगायत मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझाउने क्रममा आयोगका सदस्यहरू, कामु सचिव, सहसचिवलगायत आयोगका कर्मचारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *