भोजपुरमा घरेलु हिंसाका ६९ घटना

निरोज कोइराला भोजपुर, संवाददाता

सांकेतिक तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा पछिल्लो समय घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ । तथ्यांकअनुसार गएको वर्षभन्दा यो वर्ष घरेलु हिंसाका घटना बढेको देखिन्छ ।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले आगामी सन् २०२३ मा समेटिने घटनाहरूका बारेमा छलफल गर्न बुधबार गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको एक सय घटनाहरूको तथ्यांकअनुसार बढी घरेलु हिंसाका ६९ वटा घटना देखिएको छ । गत वर्ष ५३ घटना भएकोमा यस वर्ष बढेको इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यस वर्ष भएका घटनाहरूमा हत्याका दुई, कुटपिट घाइते २०, बलात्कारका आठ र बहुविवाहको एक रहेको छ । गत वर्ष भएका घटनाहरूमा ८३ जना पीडित देखिएकोमा अहिले १०१ जना विभिन्न घटनामा पीडित बनेको विष्टले बताउनुभयो । घरेलु हिंसापछि कुटपिटका घटनाहरूमा समेत वृद्धि भएको पाइएको छ ।

कार्यक्रमका सहभागी जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्री, पत्रकार महासंघका अध्यक्ष एक्सन राई लगायतले घरेलु हिंसाका साथै अन्य घटनाहरू नियन्त्रण तथा निवारणका लागि सबै पक्ष एक साथ लाग्नुपर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?