गाडी आयात खुले पनि आन्दोलनमै नाडा

Read Time = 3 mins

काठमाडौं । सरकारले गाडी आयात खुलाउने निर्णय गरे पनि अटोमोबाइल्स व्यवसायीले घोषित आन्दोलन नरोकिने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सबै किसिमका प्रतिबन्ध नहटुन्जेल आन्दोलन जारी रहने बताउनुभएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले आयात प्रतिबन्ध लगाइएका वस्तुको आयात खोल्ने निर्णय गरेको थियो भने आयात खुला गर्ने निर्णयको नाडाले स्वागतसमेत गरेको थियो ।

तर, नाडाका अध्यक्ष थापाले आयात प्रतिबन्ध हटाउनमात्र अटो व्यवसायीले आन्दोलन नगरेको भन्दै बजार पूर्ववत् अवस्थामा फर्किन आवश्यक वातावरण बनाउन नगद मार्जिनको व्यवस्था हटाउनुपर्ने, अटोकर्जामा बढाइएको जोखिम भार घटाउनुपर्ने, चालु पुँजी कर्जा निर्देशन स्थगन गर्नुपर्ने, अटो कर्जासीमा बढाउनुपर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्नेलगायत विषयलाई केन्द्रमा राखेर आन्दोलन सुरु गरिएको बताउनुभयो ।

बजारमा तरलता वृद्धिका लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदानलगायतका मागको अझै सम्बोधन नभएको भन्दै उहाँले बिहीबार थप कार्यक्रमसहित माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन हुने बताउनुभयो ।

व्यवसायीको साझा माग भएकाले दबाब कार्यक्रममा सबै क्षेत्रका व्यवसायीको समर्थन र ऐक्यबद्धता हुने भन्दै अध्यक्ष थापाले दबाबमूलक कार्यक्रमलाई बेवास्ता गरे सबै व्यवसायी एक हुन सक्ने चेतावनीसमेत दिनुभएको छ ।

ADVERTISEMENT

सुपारी आयात रोक्न निर्देशन

संसदीय समितिले सुपारी आयात तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधबारको बैठकले सुपारी आयातमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । मन्त्रिपरिषद्बाट सुपारी आयातको परिमाणात्मक बन्देज २५ हजार मेट्रिकटन हुने गरी भएको निर्णयका सम्बन्धमा संघीय संसद्मा उजुरी परेपछि समितिले आयात रोक्न भनेको छ ।

समितिले उजुरीपछि छानबिन भइरहेकाले उद्योगको कच्चा पदार्थका रूपमा रहेको सुपारी उद्योगले प्राप्त गर्न सक्ने सहज अवस्था नदेखिएकाले तत्कालका लागि कोटाबाट प्राप्त सुपारीको आयात अनुमति रोक्का गरी सोको जानकारी समितिमा दिन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज