काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व-कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी खड्का र रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवा प्रदान गरिरहेको उल्लेख गर्दै सेवाहरू नवनियुक्त ब्राण्ड एम्बेसडरद्वयमार्फत् सम्पूर्ण नेपालीका साथै विशेषतः नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त ब्राण्ड एम्बेसडर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताउनुभयो भने अर्का नवनियुक्त ब्राण्ड एम्बेसडर प्रियंकाले आफूले पनि सुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ब्राण्ड एम्बेसडरद्वयमध्ये खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षका लागि र प्रियंकासँग अर्को मिस नेपाल छनोट हुने अवधिसम्मका लागि सम्झौता भएको कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts