दिल्लीको स्थानीय निर्वाचनमा आपलाई बहुमत, दोस्रो स्थानाम भाजपा

Read Time = 1 min

नयाँदिल्ली । भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ । कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसिडी) चुनावमा आपले १३२ सिट जितेर सुविधाजनक बहुमत ल्याएको छ । विगत १५ वर्षदेखि एमसीडीमा सत्तारूढ भारतीय जनता पार्टी १०४ सीटका साथ दोस्रो स्थानमा रहृयो ।

ADVERTISEMENT

आपले पहिलोपटक एमसिडी चुनाव जितेपछि समर्थकहरूले खुशियाली मनाएका छन् । आपप्रति भरोसा देखाएको भन्दै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई धन्यवाद दिनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज