भोजपुरमा घरेलु हिंसाका ६९ घटना

Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पछिल्लो समय घरेलु हिंसाका घटनामा बृद्धि भएको पाइएको छ । तथ्यांक अनुसार गएको बर्ष भन्दा यो बर्ष घरेलु हिंसाका घटना बढेको देखिन्छ ।

मानवअधिकारका क्षेत्रमा काम गर्दे आई रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले आगामी सन २०२३ मा समेटिने घटनाहरुका बारेमा छलफल गर्न बुधवार गरेको बार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको एक सय घटनाहरुको तथ्यांक अनुसार बढी घरेलु हिंसाका ६९ वटा घटना देखिएको छ । गत बर्ष ५३ घटना भएकोमा यस बर्ष बढेको इन्सेक भोजपुर प्रतिनिधी गणेश बिष्टले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यस बर्ष भएका घटनाहरुमा हत्याका दुई, कुटपिट घाइते २०, बलात्कारका आठ र बहुबिवाहको एक रहेको छ । गत बर्ष भएका घटनाहरुमा ८३ जना पिडित देखिएकोमा अहिले एक सय एक जना बिभिन्न घटनामा पिडित बनेको बिष्टले बताउनुभयो । घरेलु हिंसा पछि कुटपिटका घटनाहरुमा समेत बृद्धि भएको पाइएको छ ।

कार्यक्रमका सहभागी जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्री, पत्रकार महासंघका अध्यक्ष एक्सन राई लगायतले घरेलु हिंसाका साथै अन्य घटनाहरु नियन्त्रण तथा निवारणका लागि सवै पक्ष एक साथ लाग्नु पर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?