प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ ।

बुधबार संघीय संसद सचिवालयले राणालाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् ।

गेटअघि बाक्लो संख्यामा खटिएको प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएको अनुमान छ ।

ADVERTISEMENT

यता, प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ । बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा हुनुहुन्छ ।

राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *