बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते , २ को अवस्था गम्भिर

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जिप दुर्घटना ४ जना घाइते भएका छन् । बझाङबाट डडेल्धुरा तर्फ जाँदै गरेको से १ च १२२६ नम्बरको जिप बुधबार बिहान ८ः३० बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखान नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

घाइेत हुनेमा बझाङको बुङगल नगरपालिका-९ का ७० बर्षीया काली पातली सोही ठाउँका ४५ बर्षीया नरपति पातली ,४० बर्षीया नरमा पातली र केरारस्यँ गाउँपालिका-५ का जीप चालक समेत रहेका २० बर्षिया धनबहादुर गुरधामी रहेका छन् ।

ADVERTISEMENT

घाइतेको उद्वार गरी डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । घाइते काली र नरपतिको अवस्था गम्भिर रहेको छ । जिप आफै अनियन्त्रीत भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?