डोटी । डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजे पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका पाँचजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
स्थानीय शारदादेवी बटालाका छोरा ४ वर्षीय सिद्ध बटालालाई आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेको थियो। बचाउनजानुभएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
त्यसपछि बाख्रा चराएर घर आउँदै गरेका सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना गिरीलाई आक्रमण गरि घाइते बनाएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । जिल्ला अस्पताल डोटीमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts