डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

डोटी । डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजे पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका पाँचजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

स्थानीय शारदादेवी बटालाका छोरा ४ वर्षीय सिद्ध बटालालाई आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेको थियो। बचाउनजानुभएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यसपछि बाख्रा चराएर घर आउँदै गरेका सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना गिरीलाई आक्रमण गरि घाइते बनाएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । जिल्ला अस्पताल डोटीमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?