काठमाडौं । एनआइसी एशिया क्यापिटलले नौ सय ९९ रुपैयाँमै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लाइफटाइम डिम्याट खाता अफर ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेश रोजगारीमा रहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिसकेकाले उनीहरूलाई केन्द्रित गर्दै न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झन्झटबाट मुक्तिका लागि यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले ‘पे वान टाइम, फर्गेट फर लाइफटाइम’ भन्ने मूल नाराका साथ एनआइसी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता योजना ल्याएको जनाएको छ । साथै योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका खातावालाले समेत नौ सय ९९ रुपैयाँ भुक्तानी गरी नवीकरणसमेत गर्न सक्नेछन् । डिम्याट एनआइसी एशिया क्यापिटलको वेबसाइट वा सोझै रीतपूर्वक विवरण भरी खोल्न सकिनेछ भने भुक्तानी पनि अनलाइनबाटै गर्न सकिनेछ ।






