काठमाडौं । सानिमा बैंकले बुधबार १८औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा बैंकले एफवान सफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत १८ जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् ।
भ्रमणका लागि योग्य ग्राहकले मोबाइल बैंकिङबाट पाँचवटा विभिन्न कारोबार गर्नुपर्ने हुन्छ भने उक्त कारोबार दुई सयभन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ ।
ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फण्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटी पेमेन्टलगायतका कारोबार गर्न सक्नेछन् । योजना २०७९ पुस ९ गतेसम्म १८ दिन रहने बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts