महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिकको व्यवस्था

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई मासिक पारिश्रमिक दिने भएको छ । नगर क्षेत्रका विभिन्न वडामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई पारिश्रमिक उपलब्ध गराउने तयारी गरेको हो । नगर प्रमुख प्रसान्त विष्टका अनुसार मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको छ । उहाँले उपमहानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरुलाई दिन सकिने सेवा सुविधाको व्यवस्था गरिएको बताउनुभयो ।

नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताउनुभयो । यस्तै नगरले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभयो । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष उमेर पुगेर अवकाश पाएका २ जनालाई सम्मानसहित विदाई गरिएको हो ।

सम्मानित हुनेहरुमा वडा नम्बर ९ की शिला घर्ती मगर जिसी, वडा नम्बर १३ का शारदा सिंह ठाकुर, वडा नम्बर १४ की विनिता गोडिया, वडा नम्बर १५ की सकुन्तला नेपाली, वडा नम्बर १७ की सरस्वती बाहुन, वडा नम्बर १८ की रामजानकी काँदु, वडा नम्बर १९ की विन्देश्वरी जैसवाल, वडा नम्बर २० की सुशिला यादव, वडा नम्बर २१ की किस्मतुल भुजवा, वडा नम्बर २२ की सुनिता राढ र वडा नम्बर १६ की साल्मा बेगम राई रहेका छन् । यस्तै ६० बर्ष पुगेर अवकाश पाएका वडा नम्बर २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारलाई विदाईसहित सम्मान गरिएको छ । अवकाश पाउनुभएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?