बेमौसी आँपको माग बढ्यो

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । बारामा बेमौसी आँपको माग बढेको छ । अहिले पाइरहेको आपको स्वाद सिजन जस्तो नभएपनि खानमा राम्रो लागेको कलैया उपमहानगरपालिका २७ का रमेश कुमार यादवले बताउनुभयो ।

पूर्ण पाकेको आप किन्दा मिठो छ तर काँचो आप अमिलो लाग्ने गरेको छ । अहिले पाउने आँप सिजन भन्दा धेरै महंगो भएको कारण हामी जस्ता गरीब मानिसहरुलाई किनेर खान सकिने अवस्था छैन । एउटा दुईटा लगेर पनि के गर्ने त्यसले परिवारमा पुग्दैन । बरु सस्तो भए आपको विक्री बढने बताउनुभयो ।

'केही समय अगाडी मात्र थोरै हाइब्रीड जातको ढाबुस आँप ल्याएर पसलमा राखेको थिएँ' गीता फलफूल स्टोर्सका संचालक कुन्दन कुमार सर्राफले भन्नुभयो, ‘बेमौसी आँप हो कतै लगानी पनि डुब्ने हो कि भन्ने डर पनि थियो । तर बेमौसी हुँदा हुँदै पनि आँपको स्वाद राम्रो छ । सिजनमा पाउने आँप जस्तै यसको स्वाद भएको कारण ग्राहकहरुले समेत रुचाउने गरेका छन् । अहिले थोरै थोरै ल्याएर विक्री वितरण गरिरहेको उहाँले बताउनुभयो ।’

ADVERTISEMENT

भारतको इलाहावादबाट रक्सौल हुँदै नेपालको विभिन्न शहरमा अहिले यो आँप पुग्ने गरेको छ उहाँले भन्नुभयो,‘हामी जस्ता कतिपय नेपाली व्यापारीहरुले भारतको रक्सौलबाट हाइब्रीड जातको ढाबुस नामक आप किनेर विक्री वितरण गर्दै आएका छौ । सिजनमा पाउने आँप भन्दा महंगो भएको कारण सर्वसाधारणको पहुँच भन्दा बाहिर रहेको छ । यो आपको मूल्य अहिले प्रतिकिलो बजारमा ७ सय ५० रुपैयाँमा विक्री वितरण हुँदै आएको छ । २ किलो मात्र ल्याएर शुरु गरेको आँपको विक्री अहिले दिनहुँ माँग बढदै गएको छ । यो आप काँचो हुँदा अति नै अमिलो लाग्ने तर पाकेको खाँदा एक दम गुलियो लाग्छ । बजारमा कतिपय मानिसहरु स्वादलाई लिएर अलमलमा पर्ने गरेका छन् । यत्रो लगानी गरु खानेबेलामा मिठो भएन भने आखिरमा फाल्नु पर्छ भनेर डराएर किन्न मान्दैनन् । तर हुने खानेहरुले एकचोटी थोरै किन्छन् घरमा लिएर जान्छन् र एकचोटी खाएर आएपछि फेरि १ देखि २ किलो सम्म किन्ने गरेको उहाँले जानकारी दिनुभयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?