काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको आव २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, आव २०७८/०७९ को नाफा/नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची पारित गरेको छ । साथै आव २०७९/०८० को कम्पनीको लेखापरीक्षणका लागि एसएमसी एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ ।
एसबिआई मचेन्टको सातौँ साधारणसभा
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






