२ लाख ५० हजार भन्दा बढीको घरेलु मदिरा नियन्त्रण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारा प्रहरीले दुईलाख ५० हजार भन्दा बढीको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित ललका पुलमा शनिबार अमलेखगंज बाट जितपुर तर्फ जादै गरेको बा.प्रदेश-०३-००१च १४६९ न.को पिकअप गाडीमा एक हजार ६ सय ४० लिटर घरेलु मदिरा बरामद गरेको हो ।

घरेलु मदिरासहित पिकअप गाडी र गाडी चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ का २५ वर्षीय सनम कुमार महतलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।

पक्राउ गरिएको घरेलु मदिरा २ लाख ३४ हजार ५ सय २० रुपैयाको रहेको प्रहरीले जनाएको छ । यसै गरि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बाट शनिबार १ सय ६० लिटर घरेलु मदिरा बरामद गरिएको प्रनाउ थापाले बताउनुभयो ।

ADVERTISEMENT

अमलेखगंज बाट जितपुर तर्फ जादै गरेको ना.२ह १२०५ नम्बरको अटोमा एक सय ६० लिटर घरेलु मदिरासहित अटो, अटो चालक तथा जितपुर सिमरा उपमहानगरपालिका-२२ का २३ वर्षीय अमित घलानलाई नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताउनुभयो ।

नियन्त्रणमा लिइएको घरेलु मदिराको मोल २२ हजार ८ सय ८० रहेको बारा प्रहरीले जनाएको छ ।

यसै गरि आइतबार विहान इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका-२ दौरवामा रक्सी भट्टी तथा रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरेको छ ।

टोलीले घरेलु मदिरा बनाउने २ हजार लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नष्ट गरेको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।
फोटोः घरेलु मदिरा ढुवानीको क्रममा नियन्त्रणमा लिइएको टिपर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *