‘शिवम् सँग उपहार टन्न’

Read Time = 3 mins

काठमाडौं । सर्वाधिक ओपिसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ सर्वाधिक धनराशिको आकर्षक उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन् । कुपन स्क्र्याच गरी दुई सयदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

सोही कुपनका आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रसमेत गरी एउटै कुपनबाट तीनपटकसम्म जित्ने मौका पाउनेछन् । जसअनुसार हरेक महिनाको लक्की ड्रमार्फत् पहिलो पुरस्कार दुई जोडी भाग्यशालीलाई थाइल्याण्ड भ्रमण, दोस्रो पुरस्कार चार जोडीलाई हेलिटुर, तेस्रो पुरस्कार छजनालाई आधा केजी चाँदी, चौथो पुरस्कार आठजनालाई हिराको औंठी तथा पाँचौँ पुरस्कार १० जोडीलाई माउण्टेन फ्लाइट लक्की ड्रमार्फत् उपहार दिने बताइएको छ । तर, अन्तिम महिनामा प्राप्त कुपन मासिक लक्की ड्रमा समावेश नभई मेगा लक्की ड्रमा मात्र समावेश गरिने कम्पनीले जनाएको छ ।

मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत् दुई भाग्यशालीले पाँच तोला सुन, चारजनाले तीन तोला सुन, छजनाले दुई तोला सुन, आठजनाले एक तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटिको चुनढुंगाबाट गुणस्तरीय ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको छ ।

हेटौंडामा स्थापित उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीका साथै निःशुल्क प्राविधिक सेवासमेत प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज