स्मार्ट क्युआरबाट भुक्तानी गर्दा बिग मार्टमा छुट

Read Time = 1 min

काठमाडौं । स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरेको छ । जसअनुसार हरेक बुधबार र शनिबार बिग मार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा छुट पाइनेछ । ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा १५ प्रतिशत अर्थात् अधिकतम एक सय ५० रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टका सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । बिग मार्टका सम्पूर्ण शाखामा एनआइसी एशिया मोबाइल बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्युपे तथा विभिन्न सहकारीका एपमार्फत् पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज