साताभर छ अर्ब ६४ करोडको सेयर कारोबार

Read Time = 2 mins

काठमाडौं । साताभर नेप्स परिसूचक २७.५१ अंकले बढेको छ । नेप्से तीन कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । नेप्से बढेसँगै कारोबार रकम १०१ प्रतिशत बढेर छ अर्ब ६४ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

गत साता तीन अर्ब ३० करोडको कारोबार भएको थियो । नेप्से बढेसँगै यस साता सेयर बजारको कुल बजार पुँजीकरण पनि ३९ अर्ब ५७ करोड ५१ लाख रुपैयाँले बढेर २८ खर्ब २० अर्ब ८७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बजार पुँजीकरण १.४० प्रतिशत बढेको हो । गत साता २७ खर्ब ८१ अर्ब २९ करोड ९८ लाख रुपैयाँ रहेको थियो । यो साता सात कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

ADVERTISEMENT

धौलागिरि लघुवित्तको सेयरमूल्य सर्वाधिक २६.२८ प्रतिशतले बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन २०.१४ प्रतिशत, खप्तड लघुवित्त १७.०३ प्रतिशत, डिप्रोक्स लघुवित्त १३.१० प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.९२ प्रतिशत, नबिल बैंक ९.८७ प्रतिशत, जीवन विकास लघुवित्त ९.६८ प्रतिशत, गरिमा विकास बैंक डिबेञ्चर २०८५ को ८.५९ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर ८.४६ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ७.९१ प्रतिशतले बढेको छ । एभरेष्ट बैंकको सेयरमूल्य भने १२.८१ प्रतिशत, वीन नेपाल लघुवित्त ८.४७ प्रतिशत, एसबिआई डिबेञ्चर २०८३, ७.२३ प्रतिशत, घलेम्दी हाइड्रोपावर ५.४८ प्रतिशत, सयपत्री हाइड्रोपावर ५.४१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ५.२८ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?