धादिङमा भीरबाट लडेर ७० वर्षीय वृद्धको ज्यान गयो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका ७० वर्षीय टेक बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

शुक्रबार विहान वडा कार्यालय जान्छु भन्दै घरबाट निस्किएका थापा मृत अवस्थामा फेला परेको खत्रीले बताउनुभयो । प्रहरीका अनुसार रातीसम्म घर नपुगेपछी खोजी गर्ने क्रममा वडा नम्बर २ कै झ्यापुङ खोला नजिकै भिरबाट लडेको अवस्थामा भेटिएको थियो ।

ADVERTISEMENT

भिर भएको ठाउँको बाटोबाट करिब तीन सय मिटर तल थापाको शव भेटिएको थियो । थापाको शव पोस्टमार्टमको लागि धादिङ अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?