काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताउनु भएको छ ।
मेयर बालेनले नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताउनु भएको छ ।
एमाले नेता रावलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले जवाफ दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’ ।
साथै बालेनले रावललाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने हामीहरुलाई कुनै रहर नभएको बताउनु भएको छ । ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ बालेनले लेख्नुभएको छ ।
एमाले नेता रावलले बिहीबार अमेरिकी राजदूतसंग बालेनले गरेको भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? भनि प्रश्न गर्नुभएको थियो ।
अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस्...







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts