समानुपातिकतर्फ हालसम्मको नतिजामा एमालेको अग्रता कायमै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७९ हजार ३५८ मतगणना गरिएको छ ।

शुक्रबार बिहान ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमाले अग्रस्थानमा कायमै छ ।

एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।

नेकपा एमाले- २७,७२,९८५

नेपाली कांग्रेस- २६,४३,२९६

ADVERTISEMENT

नेकपा माओवादी केन्द्र/नेकपा एस- ११,६१,१७३

राष्ट्रिय स्वतन्त्र पार्टी- ११,१९,४१६

राष्ट्रि प्रजातन्त्र पार्टी- ५,८५,८८७

जनता समाजवादी पार्टी नेपाल- ४,२०,९२८

जनमत पार्टी- ३,९४,३४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?