पुनः रोकियो बाजुराको मतगणना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बाजुरा । निर्वाचन भएको ११ दिनपछि सुरु भएको बाजुराको मतगणना फेरि रोकिएको छ।

मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिनुभयो ।

उहाँका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

यसअघि आज बिहानसम्म प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहनुभएको थियो ।

ADVERTISEMENT

पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १ हजार ११२ मतको अन्तर छ ।

यता प्रदेश सभामा २ भने कांग्रेसकै पदमबहादुर थापालाई पछि पार्दै एमालेका लालबहादुर थापा अघि बढ्नुभएको छ । शाहीले १ हजार २ मत पाउँदा थापाको १ हजार ३५२ मत छ । दुबैबीच ३५० को मतान्तर छ ।

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले सुरुवाती अग्रता बनाइरहनुभएको छ । उहाँलाई एमालेका बलदेव रेग्मीले पच्छाइरहनुभएको छ । शाहीको २ हजार ६६४ मत पुग्दा रेग्मीले १ हजार १२७ मत पाउनुभएको छ ।

रेग्मी १ हजार५३७ ले पछि पर्नुभएको छ । मंसिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि बिहीबार साँझबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *