नवलपरासीमा जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

रासस
रासस
Read Time = 2 mins

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

दुर्घटनामा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ। चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री घाइते हुनुभएको हो ।

ADVERTISEMENT

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको हो।

जीप ‘ब्रेक फेल’ भएर भित्तामा ठोक्किएर सडकबाट करिब ३०० मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?