लालबन्दीमा एभरेष्टको १२३ औँ शाखा

Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकले बिहीबार सर्लाहीको लालबन्दीमा १२३औँ शाखा स्थापना गरेको छ । शाखा उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा गर्नुभएको हो ।

सो अवसरमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्रकुमार बलम्पाकी, लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष लालबहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोतीलाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक-प्रबन्धक विभूति न्यौपानेका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले शाखामार्फत् लालबन्दी र आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने बताउनुभयो ।

ADVERTISEMENT

सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिवशक्ति माध्यमिक विद्यालय, बटेश्वर गाउँपालिका ४ धनुषामा ई–पुस्तकालय निर्माणका लागि आफन्त नेपाललाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले आफन्त नेपालका प्रबन्ध निर्देशक जयप्रकाश मण्डललाई चेक हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज