‘फिन इलेक्ट्रो टेक’ हुने

Read Time = 3 mins

काठमाडौं । नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि भन्ने नाराका साथ ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रियस्तरको मेला हुने भएको छ । मेलाको २०औँ संस्करण राठी स्विच एण्ड केबलद्वारा प्रायोजित मेला मंसिर २२ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ ।

आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युत्का विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिकरूपमा सबलीकरण गर्दै लैजान र ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । महासंघ अध्यक्ष सुदर्शनप्रसाद पौड्यालका अनुसार मेलामा कुल ७५ प्याभिलियन तथा स्टल रहनेछन् ।

ADVERTISEMENT

मेलामा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीका स्टल रहने आयोजकले जनाएको छ ।

मेलाका लागि महालक्ष्मी वायर एण्ड केबुल प्रालि, मित्तल ओभरसिज प्रालि, उग्रतारा मल्टी सोलुसन प्रालि, एनजी इलेक्ट्रिकल्स प्रालि, जानकी केबल इन्डस्ट्रिज प्रालि, वेलकम टेक्नोलोजी प्रालि, ट्रान्सवेल्ड नेपाल प्रालि, एनआइसी एशिया बैंक, सिद्धार्थ इन्स्योरेन्सलगायतले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज